‘मायालु’ गीतमा रोमान्टिक दया र उपासना


सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्र ‘हात्तीछाप’को पहिलो गीत सार्वजनिक भएको छ। रोमान्टिक गीत ‘मायालु’ मा अभिनेता दयाहाङ र अभिनेत्री उपासना सिंह ठकुरी बीचको प्रेम प्रस्तुत गरिएको छ। प्रताप दास र ममता गुरुङको स्वर रहेको गीतमा हर्क साउदको शब्द रचना र उज्ज्वल सागरको संगीत रहेको छ। भिडियोमा दया र उपासनाको केमेस्ट्री आकर्षक देखिएको छ।

माघ २६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रमा दयाहाङ र उपासनासँगै सौगात मल्ल, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, भोलाराज सापकोटा, कमलमणी नेपाल, कविता आले, विल्सन विक्रम राई, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविना बास्तोला, विनोद न्यौपाने लगायतको अभिनय रहेको छ ।

किरण नेपालीको प्रस्तुति रहेको चलचित्रमा पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठको निर्माताको रुपमा छन् । सरोज नेपाली चलचित्रको कार्यकारी निर्माता हुन्।

प्रतिक्रिया दिनुहोस्