‘अगस्त्य’ को पोष्टरमा सौगातका दुई लुक्स, फागुनमा रिलिज पक्का


चलचित्र ‘द अन ब्रेकेबल अगस्त्य: च्याप्टर १’को फस्ट लुक रिलिज गरिएको छ । सौरभ चौधारीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । अभिनेता सौगात मल्ललाई ‘सौर्य’को रुपमा परिचित गराइएको दुई पोष्टरमा भिन्न दुई लुक्स प्रस्तुत गरिएको छ।

यसबाट पनि सौगात कति भर्सटायल अभिनेता हुन् भन्ने प्रस्ट हुन्छ। सार्वजनिक पोष्टरमा चलचित्रमा उनको भूमिकालाई लिएर कौतुहलता दर्शकमा पक्का पैदा गर्नेछ। चलचित्र फागुन १८ गतेलाई आफ्नो रिलिज मिति तय गरेको छ।

चलचित्रमा सौगातको साथमा नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतको अभिनय रहेको छ । डार्क हर्ष इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्रमा प्रकाश मल्ल, अनीश तामाङ र विनोद पौडेल निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्