दया र रिस्मापछि ‘रिमै’ मा जोडिए सौगात मल्ल


नायक दयाहाङ राई र नायिका रिस्मा गुरुङको जोडीलाई कमव्याक गराएको चलचित्र ‘रिमै’ मा अभिनेता सौगात मल्ल जोडिएका छन्। भर्सटायल अभिनेताको उपमा पाएका सौगात र रिमै टिम बीच औपचारीक सम्झौता भएको छ। ‘कबड्डी कबड्डी’मा संगै काम गरेका यी तीन को केमेष्ट्री निकै रुचाईएको थियो।

खिलबहादुर गुरुङको निर्देशनमा तयार हुने चलचित्रमा निर्देशक गुरुङ्गको कथा र उपेन्द्र सुब्बाको पटकथा रहेको छ । गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा चलचित्र निर्माण हुनेछ। प्रि- प्रोडक्सनको काम भैरहेको चलचित्र फागुनबाट सुटिङ्गमा जाने तयारीमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्