A vertical shot of the black cat in the dark darkness

‘अगस्त्य’ पोष्टरमा नाजिर हुसेन, भिन्न मुडमा प्रस्तुत


नाजिर हुसेन आफ्नो पात्रलाई जिवन्त बनाउन मिहेनत गर्ने कलाकारको रुपमा परिचित रहेका छन्। उनका सार्वजनिक पछिल्ला दुई चलचित्रका पोष्टरले पनि सोहि चित्रण गर्दछ। फागुन महिनामा नाजिर अभिनित चलचित्र ‘अगस्त्य’ रिलिज हुदैछ। केहि बर्षको प्रतिक्षा पछि दर्शकले नाजिरलाई पर्दामा देख्दैछन्।

नाजिरका लागी यो चलचित्र बिशेष बन्ने पहिलो कारण यहि छ । दोश्रो कारण यो चलचित्रमा उनी एक्सन भूमिकामा देखिदैछन्। यहि चलचित्रका लागी उनले २० केजी तौल बढाएका थिए। यहि बीचमा निर्माण टीमले नाजिरको ‘क्यारेक्टर’ पोष्टर सार्वजनिक गरेको छ। फरकफरक मनोभाव र लुक्समा उनी देखिएका छन्। एक्सन र गम्भीर भावमा नाजिर देखिएका छन्। नाजिरको सार्वजनिक लुक्स र गेटअपले उनी मधेसी पात्रमा देखिन लागेको बुझाउछ। उनले काँधमा गम्छा भिरेका छन् भने घाँटीमा बुट्टी देखिन्छ । चलचित्रमा उनी निशान पात्रमा देखिदै छन्।

सौगात मल्ल र नाजिर हुसेनको क्यारेक्टर पोष्टर सार्वजनिक भएको छ भने अभिनेत्री मालिका महतको पोष्टर सार्वजनिक हुन् बाँकी रहेको छ। प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेल निर्माता रहेको चलचित्रमा सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको छ। चलचित्रमा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतको अभिनय रहेको छ। चलचित्र फागुन १८ गतेबाट रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्