दर्शकलाई सप्राईज प्याकेज बन्न सक्छ ‘दयारानी’, टिजरमा दया र दियाको प्रेम र नोकझोक


दयाहाङ राई जुन चलचित्रमा देखिन्छन्, दर्शकका लागी केहि उत्साह र कौतुहलता पक्कै प्रस्तुत गर्छन्। चाहे संवाद होस् या अभिनय अहिले कसैको बजार छ त त्यो दयाहाङ राई कै। त्यहि भएर त हेरेक महिना चलचित्र रिलिज हुँदा पनि केहि न केहि छाप छोड्न सफल हुन्छन्।

माघ २६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘दयारानी’ को टिजर निर्माण टीमले सार्वजनिक गरेको छ। चलचित्रमा दिया पुन दयाको जोडीको रुपमा देखिएकी छिन्। श्रीमान श्रीमतीको भूमिकामा देखिएका दया र दियाको स्वभाविक अभिनय र केमेष्ट्रीले दर्शकको मन पक्कै जित्नेछ।

सन्तान प्राप्ती नभएपछिको नोकझोक र उतारचढाव देखाईएको चलचित्रको टिजरले दर्शकको ध्यान खिच्नेछ। दया र दियालाई नै मुख्य रुपमा प्रस्तुत गरिएको टीजरका केहि संवाद पनि आकर्षक रहेका छन्। त्यसो त माउत्से गुरुङको लेखनको अव्बलता त छदैछ। अव उनको निर्देशकीय क्षमता जारी बाट नै देखिएको छ। यो चलचित्रमा पनि उनको नै लेखन तथा निर्देशन रहेको छ। स्वभाविक रुपमा यसले दर्शकको ध्यान खिच्नेछ। दया र दियाको साथमा चलचित्रमा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिस्टी गुरुङ लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्