‘अरुलाई मन पराएपछि सम्बन्ध टुट्छ भन्नु भ्रम हो’ – सौगात मल्ल


अभिनेता सौगात मल्ल नेपाली चलचित्र क्षेत्रले पाएको एक चम्किलो तारा हुन्। स्वभाविक अभिनय, पात्रलाई जिवन्त बनाउन उनले गर्ने मिहेनत र सालिन व्यवहार, सौगातलाई सफल बन्न सहयोग गरिरहेका उनकै हतियार हुन्। उनै सौगातको प्रेम जीवनपनि चर्चामा रहेको थियो। मिस नेपाल तथा अभिनेत्री शृष्टि श्रेष्ठसंगको गहिरो प्रेममा सौगात थिए। दुवैको प्रेम खुल्ला किताब थियो र बर्षौसम्म एक अर्काको प्रेममा पनि रहेका थिए ।

दुवै परिवारसंगको निकटता र विवाहको चर्चाले यो जोडी झन् बढी प्रिय रहेको थियो। सार्वजनिक प्रेममा रहेको यो जोडीको ब्रेकअप भएको केहि समय भयो। दुवैले आपसी समझदारीमा छुटीएको बताएका थिए। दुवैको ब्रेकअपको खबरले चलचित्र क्षेत्रसंगै आम दर्शक पनि अच्चामित बनेका थिए। विवाहको लागी तयार रहेको जोडी किन छुट्यो भन्ने एकिन खबर भने बाहिरिएको छैन। सौगात मल्लले हामीसंगको कुराकानीमा आफ्नो ब्रेकअप र त्यो समयको खुलेर कुरा गरेका छन्।

सौगात भन्छन्,’प्राय सम्बन्ध टुट्नुको पछाडी अरु कसैलाई पन पराएपछि भन्ने चर्चा गरिन्छ तर त्यो सवै हुदैन। कुनै पनि सम्बन्ध छुट्नुको पछाडी धेरै कारण हुन्छन्। ‘

सौगातले ब्रेकअपको पीडामा ध्यान गरेर बसेको बताउछन्। उनि भन्छन्,’ ध्यान भन्ने कुरा थाहा हुँदैन थियो भने मलाई त्यसबाट बाहिर आउन धेरै गाह्रो हुन्थ्यो होला। उनले रामको नाम जपेर पनि आफुलाई ठुलो सहयोग मिलेको अनुभव गर्छन्।

माघ २६ गतेबाट सौगात अभिनित नयाँ चलचित्र हात्तीछाप रिलिज हुदैछ। दयाहाङ राई, सौगात मल्ल, बेनिशा हमाल लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्