‘अगस्त्य’ टिजर: नाजिर र सौगातको एक्सनमा निश्चल बस्नेतको सप्राईज


एक्सन ड्रामा ‘अगस्त्य’ को टिजर सार्वजनिक भएको छ। मल्टिस्टारर चलचित्रको टीजर एक्सनमय बनेको छ। एक्सनको साथमा केही रहस्यमय प्लार्टहरु टिजरमा समावेश गरिएको छ। सार्वजनिक टिजरले दर्शकको ध्यान खिच्न सफल भएको छ। सौरभ चौधरीको लेखन र निर्देशनमा तयार भएको चलचित्रमा सौगात मल्ल, नजिर हुसेन र प्रमोद अग्रहरीको एक्सन देख्न सकिन्छ।

सिम्पल मलिका महत र सौगातको प्रेम केमेष्ट्री पनि टिजरमा देखाउन खोजिएको छ। तर बिचमा आउने उतारचढाव सौगातको फरक लुक्स र पात्रले दर्शकलाई सप्राइज गरेको छ। सौरभले यो चलचित्रलाई कमर्सियल बनाउन कुनै कसर बाँकी नराखेको टीजरले प्रस्ट पर्छ। प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी रहेको चलचित्रमा विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेका छन्।

चलचित्रमा निश्चल बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतका कलाकारको अभिनय रहेको छ। संजय लामाको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, एस डी योगीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्