‘हात्तीछाप’ टीमको निःशुल्क स्वास्थ्य शिविर: रिलिजलाई लिएर उत्साहित


‘दिमाग खराब’ रिलिजपछी चिसिएको नेपाली चलचित्रको व्यापार ‘हात्तीछाप’ ले उठाउने धेरैको आंकलन रहेको छ। सुस्ताएको बक्स अफिसलाई तताउने अपेक्षा गरिएको चलचित्र माघ २६ गतेबाट रिलिज हुदैछ। यो चलचित्रको टीम प्रमोशनमा यतिबेला व्यस्त रहेको छ। स्टारकाष्टको कारण नै चर्चामा रहेको चलचित्रले सामाजिक सेवामा पनि हात हालिरहेको छ । यसैबिच, माघको १३ गते ‘हात्तीछाप’को टिमले लायन्स क्लबसँगको सहकार्यमा किस्पाङ २ सातदोबाटोमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

यस्तै, जटिल रोगका बिरामीहरुलाई काठमाडौंको टिचिङ अस्पतालमा सहजीकरण गरिने नेपालीको भनाई छ । बृहत्त स्वास्थ्य शिविरमा सात सय बढी नागरिकहरुले निःशुल्क स्वास्थ्य परिक्षण गरेका थिए । यस्तै, उक्त शिविरमा १५ लाख भन्दा बढीको औषधी निःशुल्क वितरण गरिएको थियो । यो शिविरमा टिचिङ अस्पतालका ४९ जना डाक्टरहरुले नागरिकहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।


किरण नेपालीको प्रस्तुतीमा सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विजय बराल, वुद्धि तामाङ, पुष्कर गुरुङ, बेनिशा हमाल, कमलमणी नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्