A vertical shot of the black cat in the dark darkness

माघ २६ मा नेपालसँगै विश्वभर एकसाथ रिलिज हुँदै ‘हात्तीछाप’


नेपालमा माघको २६ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘हात्तीछाप’ यही मितिमा विश्वभर रिलिज हुने भएको छ । यसअघि माघ २६ गते नेपालसहित केही देशमा मात्र चलचित्र रिलिज हुने पक्का भएको थियो । अब, यो चलचित्रको अन्तरराष्ट्रिय वितरणको जिम्मा लिएको एमएसएम इन्टरटेन्मेन्टले माघको २६ अर्थात फ्रेबुअरी ९ तारिखबाट नै विश्वभर यो चलचित्र रिलिज हुने बताएको छ ।


यो चलचित्रलाई अष्ट्रेलियामा एमएसएम इन्टरटेन्मेन्ट र रोटेपिङ इन्टरटेन्मेन्टले मिलेर रिलिज गर्दैछन् । यस्तै, अमेरिका र क्यानडामा यात्री डिजिटलले रिलिज गर्दैछ । यस्तै, यूरोपका सम्पूर्ण देशमा चलचित्रलाई नेपाली मुभी टाइम डेनमार्कले रिलिज गर्ने पक्का भएको छ । मध्यपूर्वका देशमा सुप्रिम फिल्म प्रोडक्शन एन्ड डिस्ट्रिब्यूसन कम्पनीले रिलिज गर्ने पक्का भइसकेको छ । दक्षिण कोरिया र जापानमा चलचित्रलाई यूएनए इन्टरटेन्मेन्टले रिलिज गर्दैछ ।
विश्वभर एकसाथ चलचित्र रिलिज हुँदा त्यसले पार्ने प्रभाव र उत्साह नै छुट्टै हुने पक्का छ । सिमोस सुनुवारको निर्देशनमा बनेको यो चलचित्रले नेपालसँगै विदेशमा पनि सुखद कमाई गर्ने अपेक्षा गरिएको छ । किरण नेपालीको प्रस्तुतीमा तयार भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, वुद्धि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्