सुखद डेव्युमा फ्लपको ह्याट्रिक, धिरज मगरको करियर कता पुग्ला?


अभिनेता धिरज मगरको डेव्यु चर्चा हेर्न लायक रहेको थियो। बेलायतमा बस्ने धिरजको क्रेज चलचित्र घोषणा समारोहमा नै देखिएको थियो। ‘इन्टु मिण्टु लन्डनमा’ डेव्यु व्याईको चार्म र स्टारडम लोभलाग्दो थियो। फ्यान क्रेज देखेर नै उनलाई स्टार र नेपाली चलचित्र क्षेत्रमा नयाँ नायकको उदय को रुपमा हेरिएको थियो। पहिलो चलचित्रमा सफलताको स्वाद चाखेका धिरजलाई चलचित्रको अफरको ओईरो रहेको थियो। तर उनले आफुलाई रिजर्भ राखे।

दोश्रो चलचित्र ‘ज्याकी: आईएम ट्वान्टीवान’ मा काम गरे । रिलिजको हिसाबले बाबरी दोश्रो चलचित्र बन्यो। दुवै चलचित्र व्यवसायिक हिसावले सफल बने। उनले अपेक्षा गरेको चलचित्र ‘एक भगवत एक गीता’ पनि फ्लप बन्यो। लगातार फ्लपको ह्याट्रिक बनेको चलचित्र करियरले धिरजलाई थोरै लच्काएको पक्कै हुनुपर्छ। अपेक्षित हिरोको असफल चलचित्र यात्रा बन्दै गए पनि उनलाई चलचित्रको अफरको बने कमि छैन। अहिले पनि निर्माता उनलाई लिएर चलचित्र बनाउन लालायित रहेका छन्। उनको पन्चामृत चलचित्र साइन गरेका छन् भने ‘खुस्मा’ को सुटिङ्गमा उनि व्यस्त रहेका छन्। अपेक्षा छ उनको फ्लपको यात्रा यी चलचित्रले तोड्नेछन्।

प्रतिक्रिया दिनुहोस्