A vertical shot of the black cat in the dark darkness

‘जायर’ एपको ब्राण्ड एम्बेसडरमा पारस र केकी


राइड शेयरिङ्गको बजारमा अनलाइन तथा अफलाइन सेवा दिने गरि जायर एप सार्वजनिक भएको छ । नेपाली युवाहरु मार्फत नेपालमै रोजगारी दिने उद्देश्यले यो एप सार्वजनिक गरिएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मंगलबार एक कार्यक्रमको बीच एपको औपचारिक उद्घाटन गरेका थिए। महिलालाई बिशेष सुविधासहित महिला राइडरबाट नै महिलालाई सेवा लिने व्यवस्था समेत गरिएको छ।

यसको ब्राण्ड एम्बेसडरको रुपमा अभिनेत्री केकी अधिकारी र नेपाली क्रिकेट टिमका पुर्व कप्तान पारस खड्का अनुबन्धित भएका छन्। यो एपबाट मोटरसाइकल र ट्याक्सी दुवैको सेवा लिन सकिने एप निर्माता कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्