A vertical shot of the black cat in the dark darkness

‘झ्यानाकुटी’ जोडी सौगात र बेनिशाको ‘सिटामोल’ लुक्स



अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा रहेको चलचित्र ‘सिटामोल’ को सुटिङ्ग यतिबेला भैरहेको छ। ‘झ्यानाकुटी’ मा रुचाइएको यो जोडीको सिटामोल लुक्स पनि उस्तै लोकल पाराको देखिएको छ। सिन्धुली क्षेत्रमा छायांकन भैरहेको चलचित्रलिई राजा बहादुर सानेले निर्देशन गर्दैछन्।

एक हातमा बैशाखी र काखीमा कुखुरा च्यापेका सौगात र बच्चा बोकेकी बेनिशाको लोकल लुक्स सुन्दर देखिएको छ। आगामी बर्षको तीज लक्षित रिलिज राख्दै चलचित्रको सुटिङ्ग भैरहेको छ।

बेनिशा र सौगात अभिनित चलचित्र हात्तीछाप माघ २६ बाट रिलिज हुदैछ भने बेनिशाको उपहार फागुनमा रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्