A vertical shot of the black cat in the dark darkness

बैशाख १४ मा केकी अधिकारीको ‘बोक्सीको घर’


अभिनेत्री केकी अधिकारीको निर्माणमा तयार भएको चलचित्र ‘बोक्सीको घर’ को रिलिज मिति तय भएको छ। करिब ८ वर्ष अगाडि मण्डला थिएटरमा एक महिनासम्म मञ्चन भएको ‘बोक्सीको घर’ नाटकमा आधारित भएर निर्माण भएको चलचित्र आगामी बैशाख १४ गतेबाट रिलिज हुने भएको छ।

चलचित्रमा अभिनेत्री केकीको मुख्य भूमिका रहेको छ। ‘केकी अधिकारी फिल्म्स’ को ब्यानरमा निर्माण भएको चलचित्रले कसरी महिलालाई बोक्सीको आरोप लगाइन्छ र समाजले कस्तो व्यवहार गर्छ भन्ने कथाको आसपासमा घुमेको छ। सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय रहेको चलचित्रमा सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको छ। नेपाल प्रदर्शनपछि अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने तयारी गरिएको समाजिक-थ्रिलर चलचित्रको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन् ।

प्रतिक्रिया दिनुहोस्