‘हात्तीछाप’ मा दिपकराज गिरिको केमियो, ‘बोत्तल राजा ‘ बन्ने


माघ २६ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘हात्तीछाप’ को मंगलबार प्रिमियर गरियो। स्टार कलाकारको भिड रहेको चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गरेका छन् । सौगात मल्ल, दयाहाङ राई, उपासनासिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ्ग लगायतका कलाकारको अभिनय रहेको चलचित्रले प्रिमियरमा सुखद प्रतिक्रिया बटुलेको छ। चलचित्रको अर्को भाग ‘हात्तीछाप २ : बोतल राजा’ को घोषणा चलचित्रको अन्त्यमा गरिएको छ।

चलचित्रमा बोतल राजाको भूमिकामा सौगात मल्ल रहेकोले यसको सिक्वेल पनि उनकै वरिपरि घुम्ने पक्का देखिन्छ । तर नेपाली चलचित्र क्षेत्रमा राजा भूमिकालाई स्थापित गरेका दिपकराज गिरिको सप्राईज इन्ट्रीले यो चलचित्रको दोश्रो भाग रोचक बन्ने पक्का देखिन्छ। दिपकराज गिरि ‘छक्का पञ्जा’को ‘राजा’ पात्रको हुलियामा केमियोमा देखिएका छन्।
दिपकराज गिरिको टिम र सिमोस सुनुवार मिलेर चलचित्र निर्माणको चर्चा केहि समय अगाडी चलेको थियो। सायद यो सहकार्य ‘हात्तीछाप २ : बोतल राजा’ मा हुनेछ। तर यसको औपचारिक पुष्टि भने निर्माण टिमले गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्