मलिका महतको मायामा सौगात मल्ल


फागुन १८ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘अगस्त्य’ को चर्चा पोष्टर र टीजर रिलिज देखि नै भैरहेको छ। पात्रहरुको मिहेनत र एक्सन ड्रामा चलचित्र प्रतिक्षित बनिरहेको छ। यहि बीचमा निर्माण टिमले चलचित्रको रोमान्टिक गीत सार्वजनिक गरेको छ।

प्रणय महिना चलिरहेको बेला निर्माण टिमले सौगात मल्ल र मलिका महत फिचर रहेको रोमान्टिक गीत सार्वजनिक गरेको हो। ‘मायामा तिम्रै मायामा’ बोलको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, एसडी योगीको संगीत तथा मिक्सिङ मास्टरिङ रहेको गीतमा सविन एकतारेको शब्द रहेको छ।


सौरभ चौधरीको निर्देशनमा तयार भएको चलचित्रमा सौगात र मलिकाको साथमा नाजिर हुसेन, निश्चल बस्नेत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल लगायतको अभिनय रहेको छ। डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको संयुक्त प्रस्तुति रहेको चलचित्रमा प्रकाश मल्ल, अनिश तामाङ, विनोद पौडेल निर्माता रहेका छन्। विश्व गौचन, अभिषेक चौधरी चलचित्रको कार्यकारी निर्माता छन् । चलचित्रलाई संजय लामाले खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्