दर्शक भेट्न शनिबार बुद्धि र उपासना, दर्शकले गरे सिक्वेलको डिमाण्ड


सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्र ‘हात्तीछाप’ ले शुक्रबार र शनिबार घरेलु बक्स अफिसमा सुखद सुरुवात गरेको छ। बिशेष गरि शनिबार चलचित्रको कमाई सुखद रहेको र आगामी दिनमा व्यापारको यो ट्रेन्ड स्थिर रहनेमा वितरक रोहित कट्टेल विश्वस्त देखिएका छन्। चलचित्रको प्रतिक्रिया लिन र दर्शक भेट्न अभिनेत्री उपासना सिंह ठकुरी र बुद्धि तामाङ्ग शनिबार हलमा पुगेका थिए। हलमा भेटिएका दर्शकले यसको दोश्रो श्रृंखलाको प्रतीक्षामा आफूहरु रहेको बताए ।

शनिबार राजधानीको एफक्यूब हलमा पुगेका दर्शकले चलचित्र ‘गज्जब’ रहेको प्रतिक्रिया दिएको प्रस्तुतकर्ता किरण नेपालीले बताए ।
प्रस्तुतकर्ता नेपालीले दर्शकको प्रतिक्रिया सुखद आएको र शनिबारको व्यापार पनि बढेको बताउँदै आगामी दिनमा पनि व्यापारको ट्रेन्ड यस्तै रहने विश्वास व्यक्त गरेका थिए ।

हल पुगेकी अभिनेत्री उपासनासिंह ठकुरीले राम्रो प्रतिक्रिया पाएको भन्दै खुशी व्यक्त गरिन् । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, विल्सन विक्रम राई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्