A vertical shot of the black cat in the dark darkness

केकीलाई बच्चाको प्रश्नले हैरानी, प्रियंकाले दिईन् यस्तो सलाल्ह


अभिनेत्री केकी अधिकारीले २ बर्ष अगाडी प्रेमी रोहित तिवारीसंग विवाह गरिन्। सप्राईज विवाह गरेकी केकीलाई यतिबेला बच्चाको प्रश्न बारम्बार आउने गरेको छ। विवाह नहुन्जेल विवाहको प्रश्न र त्यो पछि बच्चाको मनोरन्जन दुनियाँमा यी प्रश्नहरु बारम्बार आउने गर्दछन्। बिहिबार चलचित्र ‘दयारानी’ को प्रिमियरमा अभिनेत्री प्रियंका कार्की र केकी अधिकारी दुवै पुगेका थिए। मिडियाले सर्वाधिक खोज्ने अभिनेत्रीमा यी दुवै पर्ने गर्दछन् ।

अव दुई अभिनेत्री संगै भेटिएपछि मिडियामा पनिसंगै प्रस्तुत भए। केकीलाई बेबी प्लानको प्रश्न गर्दा अहिले कुनै हतार नभएको प्रतिक्रिया दिईन्। परिवारको प्रेसर छैन भने प्रश्नमा उनले रोचक जवाफ दिईन्। केकी भन्छिन्,’ ‘प्रेसरले कहिल्यै पनि बच्चा पाउनु हुँदैन । तपाईं यसका लागि रेडी हुनुपर्छ । फेरी डाक्टरले पनि त प्रेसरमा बच्चा जन्माउन हुदैन भन्नुहुन्छ। ‘

संगै रहेकी प्रियंका कार्कीले यसमा समर्थन जनाइन्। उनले प्रेसरमा हैन आफु तयार भएपछी बच्चा जन्माउन पर्ने तर्क दिईन्।
अभिनेत्री केकी अधिकारीले भने आफुलाई बैशाख १४ मा रिलिज हुन् लागेको चलचित्र बोक्सीको घरको प्रेसर रहेको बताईन्। चलचित्रमा उनको निर्माण र अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्