A vertical shot of the black cat in the dark darkness

‘कमेडी क्लब विथ च्याम्पियन’ को अध्यक्षमा दिपाश्री निरौला


चाडै सुरु हुन लागेको नयाँ शो ‘कमेडी क्लब विथ च्याम्पियन’ को अध्यक्षको भूमिकामा दिपाश्री निरौला देखिने भएकी छिन् । कि इन्टरटेन्मेन्ट र थ्री प्रोडक्सनको संयुक्त प्रस्तुती रहेको यो शोमा ७ प्रतिष्पर्धी रहेका छन्। पवन भट्टराई, मेक्सम गौडेल, साजन श्रेष्ठ, सुमन कार्की, श्रीया सुवेदी, उमेश राई र कैलाश कार्कीले आफ्नो प्रस्तुती यो शोमा दिनेछन् । यो शोलाई विशाल भण्डारीले निर्देशन गर्दैछन् । कि इन्टरटेन्मेन्टसंग दिपाश्रीले सम्झौता गरिसकेकी छिन्। ‘कमेडी कल्व विथ च्याम्पियन’ को सेट निर्माण र अन्य तयारीमा यतिबेला निर्माण टिम रहेको छ।

प्रतिक्रिया दिनुहोस्