केकी अधिकारीको ‘बोक्सीको घर’ पोष्टरले के दर्शाउछ?


अभिनेत्री केकी अधिकारीको निर्माणमा तयार भएको चलचित्र ‘बोक्सीको घर’ को पोष्टर सार्वजनिक भएको छ। सरस्वती पुजाको अवसर पारेर सार्वजनिक भएको पोष्टर कौतुहलता जगाउने गरि प्रस्तुत गरिएको छ। उज्यालो चन्द्रमा, ठुलो रुख र रातो सारीमा सजिएकी महिला समावेश गरिएको पोष्टरले चलचित्र कथावस्तु बुझाउने कोसिस गरेको छ। नेपाली समाजमा बोक्सीले ‘कपाल फिजाएर रातो साडी लगाएर पूर्णिमाको दिनमा पिपलको रुखमा गएर पूजा गर्छन्’ भन्ने भनाइ रहेको छ ।

पोस्टरमा कपाल फिजाएर रातो साडी लगाएकी एक महिला अभिनेत्रीलाई ठूलो पिपलको रुखतर्फ फर्किएको देखाइएको छ । उक्त पात्रलाई पछाडिबाट देखाइएको छ, अनुहार देखाइएको छैन भने पूर्णिमाको चन्द्रमालाई डिजाइनमा समावेश गरिएको छ ।बोक्सीको वरिपरि कथा समावेश गरिएको आंकलन चलचित्रको टाइटलबाट गर्न सकिन्छ भने पोष्टरले पनि सोहि थिम बोकेको छ।
केकी अधिकारी फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा बद्रि अधिकारी र राज घिमिरे कार्यकारी निर्माताको रुपमा रहेका छन्। सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको चलचित्रमा केकी अधिकारी, स्वेच्छा राउत, शुपला सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र २०८१ बैशाख १४ गतेबाट रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्