नव-अभिनेता कुन्साङ्गसंग सिक्किममा पूजाको भ्यालेन्टाइन


अभिनेत्री पूजा शर्मा यतिबेला एक्सन चलचित्र ‘दान्भी’ को सुटिङ्गमा व्यस्त रहेकी छिन्। चलचित्रको टिजर र पोष्टर सार्वजनिकसंगै चर्चा बटुल्न सफल भएको थियो। चलचित्रको अन्तिम सेड्युलको सुटिङ्गका लागी टिम यतिबेला सिक्किममा रहेको छ।

नव-अभिनेता कुन्साङ्ग बोम्जोनसंग पूजाले स्क्रिन शेयर गरिरहेकी छिन्। चलचित्र डेव्यु अगाडी देखि नै चर्चामा रहेका कुन्साङ्ग र पूजाको केमेष्ट्री गज्जबको देखिएको छ।


भ्यालेन्टाइनको अवसर पारेर पूजाले कुन्साङ्गसंगको तस्विर शेयर गरेकी छिन् । पूजाले भ्यालेन्टाइन दान्भी संग भन्दै तस्विर शेयर गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्