‘२ नम्बरी’ मा सौगातको इन्ट्री, रिलिज मिति तय


चलचित्र ‘२ नम्बरी’ मा अभिनेता सौगात मल्लको इन्ट्री भएको छ । कोरोना कहरको कारण केहि प्रतिशत छायाँकन सकेर थन्किएको चलचित्र अव नयाँ ढंगबाट अगाडी बढ्ने भएको हो। पल शाहको स्थानमा सौगातको परिवेश भएको हो । चैत्र १५बाट चलचित्रको छायाकन सुरु गर्ने तयारीमा निर्माण पक्ष रहेको छ। कलाकार, पटकथाको हेरफेर सहित चलचित्र छायाकनमा जाने तयारीमा रहेको छ । दिपेन्द्र लामाको निर्देशनमा तयार हुने चलचित्रमा सौगातको साथमा दयाहाङ्ग राई, बर्षा राउत, उगेन छोदेन लगायतका कलाकारको अभिनय रहने छ। मित्रताको कथा बोल्ने चलचित्रमा किरण नेपाली प्रस्तुतकर्ता, राजिव गुरुङ्ग र अमलादेवी राई निर्माताको रुपमा रहेका छन्। चलचित्रलाई कार्तिक ४ गते रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ।

प्रतिक्रिया दिनुहोस्