एक्सनले भरिएको ‘अगस्त्य’ ट्रेलरलाई दर्शकको सकारात्मक प्रतिक्रिया


सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘अगत्स्य’ को ट्रेलरलाई दर्शकले रुचाएका छन् । एक्सन र बदलाको कथामा निर्माण भएको ट्रेलरलाई दर्शकको सकारात्मक प्रतिकिया मिलेको छ। दुई फरक भूमिकामा देखिएका सौगात मल्ल चलचित्रको ट्रेलरमा हावी देखिएका छन् । पागल भूमिकामा उनले गरेको मिहेनत आकर्षक देखिएको छ। एक्सन अवतारमा सौगातको साथमा नाजिर हुसेन बुलन्द देखिएका छन् । प्रमोद अग्रहरीको चरित्रचित्रण ट्रेलरमा राम्रो देखिएको छ। मालिका महत सालिन देखिएकी छिन्। निश्चल बस्नेतलाई पनि ट्रेलरमा समावेश गरिएको छ।

चलचित्रको ब्याकग्राउण्ड म्युजिक सशक्त देखिएको छ। फागुन १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा विजय बराल, रवीन्द्र झा, बेन बस्नेत, शिशिर वाङ्गदेल, सिम्रन खड्का, प्रकाश दाहाल, गजेन्द्र त्रिपाठी आदिको पनि अभिनय रहेको छ । प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेल निर्माता रहेको चलचित्रमा विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेका छन्।

सञ्जय लामाको छायांकन गरेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, सौरभ शर्मा र भाष्कर स्वाँरको ब्याकग्राउन्ड म्यूजिक रहेको छ।

प्रतिक्रिया दिनुहोस्