मुम्बई पुगेर सकियो साम्राज्ञीको ‘लण्डन टू पेरिस’ को छायांकन


अभिनेत्री साम्राज्ञी आरएल शाह मुख्य भूमिकामा रहेको चलचित्र ‘लन्डन टू पेरिस’ को छायांकन सम्पन्न भएको छ। करिव १ बर्ष अगाडी बेलायतमा छायांकन गरिएको चलचित्रको केहि प्रतिशत छायांकन बाँकी रहेको थियो। पेरिसमा छायांकन गर्नु पर्ने चलचित्र विभिन्न कारणले रोकिएको थियो।

पेरिसमा छायांकन सम्भव नभएपछि चलचित्रको टिमले मुम्बईको एक स्टुडियोमा रहेको पेरिसको सेटमा चलचित्र खिच्दै छायांकन सम्पन्न भएको छ। मुम्बईमा नै चलचित्रको सम्पादन भैरहेको छ। चलचित्रमा साम्राज्ञीको जोडी नव-अभिनेता निश्चल खड्कासंग बाँधिएको छ। घनश्याम लामिछानेको निर्देशनमा टायर भएको चलचित्रमा गरिमा शर्मा र कविर खड्काको पनि अभिनय रहेको छ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्रले ‘ट्राभल लभस्टोरी’ को कथा भनेको छ। प्रदीप भारद्वाजको लेखन रहेको चलचित्रको निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम र सनिश खकुरेल रहेका छन् भने सह-निर्मातामा अजित सिंह छन् ।

प्रतिक्रिया दिनुहोस्