‘पिताम्बर’ को छायांकन सुरु , नेपाल र भारतमा पहिलो सेड्युल


कृषा चौलागाईको दोश्रो निर्देशकीय चलचित्र ‘पिताम्बर’ को छायांकन सुरु भएको छ। मल्टिस्टारर चलचित्रको पहिलो सेड्युलको छायांकन सुरुवात गरिएको हो। भारत र नेपालको नवलपरासीमा चलचित्रको पहिलो सेड्युल खिचिनेछ।

पहिलो सेड्युलमा सुरक्षा पन्त, अनुपविक्रम शाही, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया लगायतको दृश्य खिच्नेछ । बैशाखमा दोश्रो सेड्युल रहेको छ। उक्त समयमा प्रदिप खड्का, आंचल शर्मा, सौगात मल्ल जोडिनेछन्।

केपी फिल्मस्को प्रस्तुतिमा पुरुषोत्तम प्रधान फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको चलचित्रमा प्रदीप भारद्वाजको कथा, पुरुषोत्तम प्रधानको छायांकन रहेको छ। एक्सन केन्द्रित चलचित्रको बजेट ४ करोड आसपासको अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्