‘सिटामोल’ मा जनयुद्धको घाइते सौगात, श्रीमतीको भूमिकामा बेनिशा


सौगात मल्ल र बेनिशा हमाल मुख्य भूमिकामा रहेको चलचित्र ‘सिटामोल’ को छायांकन सकिएको छ । सिन्धुलीमा २५ दिन सम्म खिचिएको चलचित्रको काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी रहेको छ। चलचित्रको सिन्धुली सेड्युल सकेर बेनिशा यतिबेला भारतमा एक हिन्दी चलचित्रको सुटिङ्गमा व्यस्त रहेकी छिन् । सौगात आफ्नो रिलिज तयारीमा रहेको चलचित्र ‘अगस्त्य’ को प्रचारमा व्यस्त रहेका छन्।


राज बहादुर सानेको निर्देशनमा निर्माण भएको चलचित्र तीजमा रिलिज सोच निर्माण टिमले राखेको छ । माओवादी जनयुद्धको कथा बोकेको चलचित्रमा सौगात र बेनिशा श्रीमान र श्रीमतीको भूमिकामा देखिएका छन्। निर्माण टिमले सार्वजनिक गरेका तस्विरमा सौगात र बेनिशालाई प्रस्तुत गरिएको छ।

तुलसी देवी फिल्म प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रमा सौगातले जनयुद्धको घाइतेको भुमिका निवार्ह गरेका छन् । सौगात र बेनिशाको साथमा चलचित्रमा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्