A vertical shot of the black cat in the dark darkness

उच्च अपेक्षाको साथ ‘अगत्स्य’ रिलिज, प्रिमियरमा थियो यस्तो प्रतिक्रिया


टिजर, ट्रेलर र पोष्टरबाट उच्च हाईप र अपेक्षा बनाएको चलचित्र ‘अगस्त्य’ फागुन १८ गतेबाट रिलिज भएको छ। शुक्रबारबाट रिलिज भएको एक्सन चलचित्र सस्पेन्सले भरिएको छ। प्रिमियरमा हेर्ने सेलिब्रेटी र अतिथिले दिएको प्रतिक्रियाले त्यसकै झल्को दिन्छ। एक्सन चलचित्रको अभाव नेपाली चलचित्र क्षेत्रमा झल्किरहेको बेला यो चलचित्रले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

तराई, बोर्डर र भारतको सेटिङ्गमा खिचिएको चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका छन्। सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्