‘ २ नम्बरी’ बाट बर्षा आउट, अभिनेत्रीको खोजीमा निर्माण टिम


चलचित्र ‘२ नम्बरी’ बाट अभिनेत्री बर्षा राउत बाहिरिएकी छिन्। केहि प्रतिशत छायाँकन गरेर कोरोना महामारीका कारण रोकिएको चलचित्र नयाँ तरिकाबाट सुरुवात हुदैछ। मुख्य अभिनेता पल शाहको स्थानमा अर्का अभिनेता सौगात मल्ल केहि दिन अगाडी चलचित्रमा प्रवेश गरेका थिए। त्यसको केहि दिनपछि चलचित्रबाट अभिनेत्री बर्षा राउत बाहिरिएकी छिन्। अर्को चलचित्रसंग सेड्युल जुध्ने भएका कारण चलचित्रमा काम गर्न नसक्ने बर्षाले बताएकी छिन्। उनको स्थानमा अर्की अभिनेत्रीको खोजि निर्माण टिम गरिरहेको छ। चलचित्रका लागी निर्माण टिमले तीन अभिनेत्रीसंग कुरा चलाएको छ। पूजा शर्मा, उपासना सिंह ठकुरी र सम्राज्ञीराज्य लक्ष्मी शाहसंग कुरा निर्माण टिमले अगाडी बढाएको छ। भोली निर्माणटिमले अभिनेत्री तय गर्ने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए। विभिन्न अभिनेत्रीसंग निर्माणटिम यतिबेला छलफलमा रहेको बुझिएको छ। किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गर्नेछन्। मित्रताको कथा बोल्ने चलचित्रमा दयाहाङ्ग राई, भुटानी अभिनेत्री उगेन छोदेनको मुख्य भूमिका रहेनछ।

प्रतिक्रिया दिनुहोस्