उपहार गीत: तीन फरक अवतरमा रेखा, पूजा र बेनिशा


फागुन २५ गतेबाट ज्ञानेन्द्र देउजाको निर्देशनमा भएको चलचित्र ‘उपहार’ रिलिज हुदैछ। सोहि चलचित्रमा समावेश भएको नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ। अञ्जु पन्त र साइराज खातीको स्वर रहेको गीतमा इन्दिरा अधिकारीको शब्द र अर्जुन पोख्रेलको संगीत रहेको छ। डान्सिङ शैलीको गीतमा पूजा शर्मा बोल्ड देखिएकी छिन् । नव-अभिनेता समपर्ण जंग कार्कीसंग जोडी पूजाको बाँधिएको छ । दुवैको पार्टलाई क्लबमा खिचिएको छ। एक मेहेन्दी समारोहमा बेनिशा हमाल र तेज गिरिको रोमान्टिक पार्ट खिचिएको छ। रेखा थापा र मुकुन भुषालको जोडीले चिया घरमा आफ्नो प्रेम व्यक्त गरिरहेका छन्।

सुलभ प्रतिक र समीक्षा देउजा निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा बलराम शाही ठकुरी रहेका छन्। चलचित्रमा सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद कुमार पौडेल, आशा भुषाल, मन्जु श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्