A vertical shot of the black cat in the dark darkness

दोश्रो साता पनि ‘अगत्स्य’ लाई दर्शकको साथ, शुक्रबार र शनिबार उच्च अकुपेन्सी


फागुन १८ गतेबाट रिलिज भएको चलचित्र ‘अगत्स्य’ को वर्ड अफ माउथ बलियो रहेको छ। सपेन्स र एक्सनले भरिएको चलचित्रलाई दर्शकले रुचाएका छन्। सिमित शोमा दोश्रो सातामा खुम्चिएको चलचित्रलिई दर्शकको साथ दोश्रो साता पनि अब्बल रहेको छ। पाएका शोजहरुमा शुक्रबार र शनिबार दर्शकको उपस्थती उच्च रहेको थियो।

सौगात मल्लको अभिनय, क्यारेक्टरको लागि गरेको मिहेनत, नाजिर हुसेनको बलियो उपस्थिति र चलचित्रमा आउने सस्पेन्स दर्शकले रुचाएका छन्। यो चलचित्रलाई काठमान्डौ महानगरपालिकाका मेयर बालेन शाहले पनि हेरेका छन् । उनले शनिबार परिवार सहित शनिबार चलचित्र हेरेका हुन् । चलचित्रको लम्बाई केहि घटाएर हलमा पठाइएको बुझिएको छ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्