‘लण्डन टु पेरिस’ को रोमान्टिक पोष्टर


घनश्याम लामिछानेको निर्देशनमा तयार भएको चलचित्र ‘लण्डन टु पेरिस’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । पहिलो पोष्टर सार्वजनिक भएको केहि समयपछि निर्माण टिमले दोश्रो पोष्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोष्टरमा अभिनेत्री साम्राज्ञी आरएल शाह र डेव्यु अभिनेता निश्चल खड्का तथा अभिनेता कवीर खड्का र डेव्यु अभिनेत्री गरिमा शर्मालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

चलचित्र मार्फत निश्चल र गरिमाले नेपाली रजतपटमा डेव्यु गर्दैछन् । जेठ २५ मा रिलिज तयारीमा रहेको चलचित्रमा साम्राज्ञी, निश्चल, कविर र गरिमाको साथमा रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । ट्राभल लभस्टोरीको कथा पेस गरेको चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । एबी इन्टरनेश्नलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य रहेको छ ।अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्