कस्तो छ सौगात, विपिन र सृष्टिको ’द रेड सुटकेस’ को ट्रेलर ?


सौगात मल्ल, विपिन कार्की र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहेको चलचित्र ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले विदेशबाट आएको शवको कफिन ‘पिकअप भ्यान’ मा लिएर गन्तव्यसम्म पुर्‍याउने कथा बोलेको छ ।

सौगातले ड्राइभरको भूमिका निभाएका छन् भने विपिन पूर्वआर्मीको भूमिका हुनसक्ने देखाईएको छ। शव लिएर जाँदै गर्दा गाडी बीच बाटोमै विग्रिएपछि घरमा बास बस्ने क्रममा उनले भोगेको परिस्थितिलाई ट्रेलरमा देखाईएको छ। ट्रेलरमा सृष्टि देखाईए पनि संवाद भने प्रस्तुत गरिएको छैन ।

फिडेल देवकोटाको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा सुशन प्रजापतिको छायांकन र समन अलभितिगाको सम्पादन छ । रामकृष्ण पोखरेल, शोभा थापा र फिडेल देवकोटा निर्माता रहेको चलचित्रको सह-निर्माता श्रीलंकाका विमुक्ति जयसुन्दरा हुन्।

जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल र भारतको मुम्बई फिल्म फेस्टिभलमा छनोट भएको यो चलचित्रले विश्वविख्यात भेनिस फिल्म फेस्टिभल तथा जाफ्ना इन्टरनेशनल फिल्म फेस्टिभलमा अवार्ड जितिसकेको छ । चलचित्र चैत्र ३० गेटबाट रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्