फ्राइडे रिलिज: शोभित र जयकिशनको ‘बद्रि बहादुर’


चैत्र २३ गते शुक्रबारबाट चलचित्र ‘बद्रि बहादुर’ रिलिज भएको छ। शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र सिमित मल्टिप्लेक्समा शोज सहित रिलिज भएको छ। एबी पिक्चर्स फर्म र सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रमा मिथुन भोटेको लगानी रहेको छ ।


चलचित्रमा जय किशन बस्नेत, राजिव जंग बस्नेत, छुल्ठिम गुरुङ्ग लगायतका कलाकारको अभिनय रहेको चलचित्रको एक गीतमा पूजा शर्मा र सलोन बस्नेतलाई फिचर गरिएको छ। रवि अधिकारी चलचित्रको कार्यकारी निर्माताको रुपमा रहेका छन्। रामकाजी घिमिरेको कथा, विनोद सापकोटाको छायाँकन रहेको चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङ्गको संगीत रहेको छ।

प्रतिक्रिया दिनुहोस्