‘खुल्ला आकाश’ मा रमाएका निश्चल- साम्राज्ञी


घनश्याम लामिछानेको निर्देशनमा तयार भएको चलचित्र ‘लण्डन टू पेरिस’ को पहिलो गीत सार्वजनिक भएको छ। मुख्य अभिनेत्री साम्राज्ञी आरएल शाह र नव-अभिनेता निश्चल खड्का फिचर्ड रोमान्टिक गीतले दुवैको प्रेमभावलाई प्रस्तुत गरेको छ। हर्कुलस बस्नेतको शब्द , संगीत तथा स्वरमा गीत तयार भएको छ।

चलचित्रमा निश्चल र साम्राज्ञीको साथमा गरिमा शर्मा र कविर खड्का मुख्य भूमिकामा रहेका छन्। जेठ २५ गतेबाट रिलिज हुने चलचित्र निश्चल र गरिमाको डेव्यु चलचित्र हो । एबी इन्टरनेशनलको प्रस्तुतिमा गौतम प्रोडक्शन तथा अर्चिड भेस फिल्म्सले निर्माणमा सहकार्य गरेको चलचित्रमा राना, अमित बस्नेत, आरोन बस्नेत र एरियाना बस्नेत निर्माता रहेका छन् ।

अंकित गौतम कार्यकारी निर्माता हुन् । अभेद परवको छायांकन, हर्कुलश सहित एसडी योगी, बियोण्ड तथा सलिन मगरको संगीत रहेको चलचित्रमा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद लेखन छ ।

प्रतिक्रिया दिनुहोस्