बर्षको अन्तिम रिलिज: ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ हलमा’


यो बर्षको अन्तिम दिन आज अर्थात चैत्र ३० गते शुक्रबार। बर्षको अन्तिम दिन दुई चलचित्र रिलिज भएका छन्। रामबाबु गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्र ‘डिग्री माइला’ र फिडेल देवकोटाको निर्देशकीय चलचित्र ‘द रेड सुटकेश’ एकसाथ रिलिज भएका छन्।

‘डिग्री माइला’ एउटा शिक्षित बेरोजगारको कथा हो। नाटकमा सफलता हासिल गरेर चलचित्र निर्माण भएको ‘डिग्री माइला’ उच्च शो र अपेक्षा सहित रिलिज भएको छ । बाँसुरी फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, आंचल शर्मा, प्रकाश घिमिरे, बुद्धि तामाङ्ग, विजय बराल, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा ऋचा शर्मा अतिथि भूमिकामा रहेकी छिन्।

धेरै अन्तराष्ट्रिय अवार्डमा सफलता हासिल गरेर हलमा रिलिज भएको चलचित्र ‘द रेड सुटकेस’ मा विपिन कार्की, सौगात मल्ल, शृष्टि श्रेष्ठ र प्रविन खतिवडाको मुख्य भूमिका रहेको छ । आइसफल प्रोडक्सनको निर्माण भएको चलचित्र सिमित शोमा रिलिज भएको छ ।

प्रतिक्रिया दिनुहोस्