‘फर्की फर्की’ मा रोमान्टिक अनमोल र जसिता


अनमोल केसी र जसिता गुरुङ्गले पहिलोपटक सहकार्य गरेको चलचित्र ‘फर्की फर्की’ को पोष्टर सार्वजनिक भएको छ। चलचित्रको सार्वजनिक दोश्रो पोष्टरमा अनमोल र जसिता दुवै फिचर रहेका छन्। सुयोग गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्रको पोष्टरमा अनमोल र जसिता रोमान्टिक मुडमा देखिएका छन्।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटलको सहकार्य रहेको चलचित्र जेठ १० गतेबाट रिलिज हुँदैछ। ओम प्रकाश अग्रवाल निर्माता रहेको चलचित्रमा मनोज वली र रामु न्यौपाने सह–निर्माता रहेका छन्।
यो चलचित्र अनमोल र जसिता दुवैको लागी व्यवसायिक सफल हुन् आवश्यक रहेको छ। दुवैका पछिल्ला चलचित्र असफल बनेका छन्।

प्रतिक्रिया दिनुहोस्