‘डिग्री माइला’ को २ दिनको कमाई ३ करोड


चैत्र ३० गतेबाट रिलिज भएको चलचित्र ‘डिग्री माइला’ को ओपनिङ्ग आक्रामक भएको छ। वितरकले दिएको आंकडाले चलचित्रले शुक्रबार र शनिबार ३ करोड माथीको ओपनिङ्ग गरेको दावी छ।

चलचित्रले पहिलो दिन ९८ लाख र दोस्रो दिन २ करोड ८ लाखको ग्रस कलेक्शन गरेको दाबी वितरक गोविन्द शाहीको छ । तेश्रो दिन पनि चलचित्रको अकुपेन्सी राम्रो रहेको छ। वर्ड अफ माउथ पनि राम्रो रहेको कारण चलचित्रको व्यापारिक आंकडा उत्कृष्ट हुनेमा निर्माण टिम ढुक्क रहेको छ ।

रामबाबु गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, आंचल शर्मा, बुद्धि तामाङ्ग, विजय बराल, माओत्से गुरुङ्ग, प्रकाश बराल लगायतका कलाकारको अभिनय रहेको छ। ऋचा शर्मा चलचित्रमा अतिथि भूमिकामा रहेकी छिन् । विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङ चलचित्रको निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्