अमेरिका छाडेर दिलिपको स-परिवार नेपालमा, बानेश्वरमा किने घर


अमेरिका धेरै नेपालीको सपनाको शहर। अमेरिका पुग्ने र आफ्नो जीवनलाई सेटल गराउने सोच धेरैको हुन्छ । यहि सोच लिएर अमेरिका पुगेका थिए दिलिप रायमाझी । आफ्नो परिवार सहित अमेरिका बस्दै आएका दिलिप यतिबेला परिवार सहित नेपाल फर्किएका छन्। स्थायी रुपमा नै नेपाल बस्ने गरि दिलिपको परिवार नेपाल फर्किएको हो। उनले हालै नयाँ बानेश्वर क्षेत्रमा घर किनेका छन् ।

दिलिपकि छोरी दिव्या रायमाझी चलचित्रमा अभिनयको तरखरमा रहेकी छिन्। दुई चलचित्र साइन गरेकी दिव्या चलचित्र ‘एक्टर’ मार्फत डेव्यु गर्दैछिन् । उनले गतसाता काठमाडौं आइपुगेर चलचित्र ‘एक्टर’ को कार्यशाला ज्वाइन गरेकी छिन्। उनले चलचित्र ‘बरिष्ठ बलराम’ मा पनि अभिनय गर्नेछिन्।

प्रतिक्रिया दिनुहोस्