‘भाइरल गोर्खे’ मा सौगात मल्ल र सृष्टि श्रेष्ठको जोडी


निगम श्रेष्ठको निर्देशनमा नयाँ चलचित्र ‘भाइरल गोर्खे’ निर्माण हुनेभएको छ। सौगात मल्ल मुख्य भूमिकामा रहने चलचित्रको पोष्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो। ‘छड्के’ निर्देशकको निर्देशनमा तयार हुने चलचित्रको पोष्टर मंगलबार सार्वजनिक गरिएको हो ।

सौगात चित्रित पोष्टरमा उनी दुईवटा राँगोमाथि खुट्टा राखेर बलिष्ठ पाखुरा देखाइरहेका छन् । बैशाख ६ गतेबाट सुटिङ्गमा जाने चलचित्रले उट्पट्याङ काम गरेर सामाजिक सञ्जालमा भाइरल हुन खोज्ने पात्रको कथामा चलचित्र निर्माण हुनेछ । चलचित्रमा सौगातको जोडी अभिनेत्री सृष्टि श्रेष्ठसंग बाँधिएको छ । लामो प्रेम सम्बन्धको अन्त्यपछि पहिलोपटक सौगात र सृष्टिले संगै सहकार्य गर्न लागेका हुन् । चलचित्रमा यी दुईको साथमा बुद्धि तामाङ र लक्ष्मी गिरीको अभिनय रहनेछ। अमर महर्जनले छायांकन गर्ने चलचित्रको निर्माता विशाल ताम्राकार र महेश लामिछाने हुन् । लमजुङ र गोर्खामा चलचित्रको छायांकन हुनेछ।

प्रतिक्रिया दिनुहोस्