A vertical shot of the black cat in the dark darkness

‘द भ्वाइस किड्स’ को कोचमा परिवर्तन, मेलिना र छेवाङ्गको प्रवेश


‘द भ्वाइस किड्स’ को तेश्रो सिजनको तयारीमा निर्माण टिम रहेको छ। गायन रियालिटी शोमा पछिल्लो समय सर्वाधिक चर्चामा रहेको यो रियालिटी शो को तेश्रो सिजनमा कोचमा परिवर्तन भएको छ। भ्वाइस अफ किड्सको दोश्रो सिजनमा प्रमोद खरेल, मिलन न्वेआर, सुशान्त केसी र प्रविशा अधिकारी कोचको रुपमा रहेका थिए ।

यो सिजन कोचमा बदलाव आउने भएको छ। प्रमोद खरेल कोचको रुपमा रहनेछन् भने यो सिजन छेवाङ्ग लामा र मेलिना राईको प्रवेश भएको छ । चौथो कोचको रहने भन्ने खबर सार्वजनिक भएको छैन। प्रविशा अमेरिकामा रहेको कारण यो सिजन नजोडिने पक्का जस्तै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्