‘फर्की फर्की’ ट्रेलर: चलिरहेको ट्रेन्डमा अनमोल र जसिताको नयाँपन


अनमोल केसी र जसिता गुरुङ्ग प्रमुख भूमिकामा रहेको चलचित्र ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक भएको छ । सुयोग गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्रको मेकिङ्ग उच्च देखिएको छ । जेठ १० गतेबाट रिलिज हुने चलचित्र नेपाली बक्स अफिसमा लागी प्रतिक्षित रहेको छ भने अनमोलका लागी परिक्षा।

उनले यो चलचित्रलाई आफ्नो करियरको नयाँ सुरुवात बताउदै आएका छन् । रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको अभिनय रहेको चलचित्रमा सलोन बस्नेत बिशेष भूमिकामा रहेका छन् ।

रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा तयार भएको चलचित्रमा सुयोग गुरुङको कथा तथा पटकथा, नरेन्द्र मैनालीको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्राचार्य र नरेन लिम्बुको संगीत, किरण थापाको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्