केकी अधिकारीको ‘बोक्सीको घर’ सबैले हेर्न पाउने, प्रचारप्रसारमा फरक शैलीको प्रयोग


बैशाख १४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘बोक्सीको घर’ ले युनिभर्सल सर्टीफिकेट पाएको छ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले चलचित्रलाई सवैले हेर्न मिल्ने बताएको छ।

ट्रेलर र सार्वजनिक गीतले चलचित्रको हाइप उच्च बनाएको छ। निर्माण टिमले चलचित्रको प्रचारमा फरक फरक शैली अपनाईरहेको छ । सेलिब्रेटीलाई केक पठाउने देखि ट्याक्सीमा बोक्सीको प्रेङ्क देखि हलमा बोक्सी हराएको सूचनासम्म निर्माण टिमले सार्वजनिक गरिरहेको छ । यी प्रचार शैलीले चलचित्रको हाइप बढाउन मद्दत गरिरहेको छ।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र केकी अधिकारीको प्रस्तुतीमा तयार भएको छ। १ घण्टा ४९ मिनेट ३९ सेकेण्ड लामो चलचित्रमा केकी अधिकारी, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला, सुलक्षण भारती, श्वेच्छा राउत लगायतको अभिनय छ । चलचित्रको निर्मातामा बद्रि अधिकारी रहेका छन् । आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि आधारित रहेर निर्माण भएको चलचित्रमा राज घिमिरे कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्