‘फर्की फर्की’ को ट्रेलर चर्चामा, विदेश अधिकार धमाधम बिक्री हुँदै


अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘फर्की फर्की’ को ट्रेलरले दर्शकको राम्रो साथ बटुलेको छ। ट्रेलरले हाइप राम्रो बनाएको चलचित्र जेठ १० गतेबाट नेपालभर एकसाथ प्रदर्शन हुँदैछ। नेपाल रिलिज पक्का भएको चलचित्र विदेश डिमाण्ड पनि राम्रो देखिएको छ। चलचित्रको विदेश अधिकार धमाधम बिक्रि भैरहेको छ । चलचित्रका निर्माता रोहित अधिकारीले चलचित्रको ट्रेलर रिलिजसंगै विदेश अधिकार बिक्रि भैरहेको जानकारी दिएका छन् ।

चलचित्रलाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्का भएको छ । यस्तै, दक्षिण कोरियामा चलचित्र वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रा.लि ले लिएको छ । अष्ट्रेलियाको बजारमा ब्ल्याक आई क्रियशनले चलचित्र वितरणको जिम्मा लिएको छ भने हङकङमा ओपिजी फिल्मस्ले चलचित्रलाई विक्री गर्नेछ । उत्कृष्ट प्रतिक्रिया ट्रेलर मार्फत बटुलेको चलचित्र नेपालसंगै विदेशमा पनि एकसाथ रिलिजको तयारीमा निर्माण टिम जुटेको छ ।

अनमोल केसीसंगै जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारको अभिनय छ रहेको चलचित्र सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको छ। चलचित्रमा सलोन बस्नेत बिशेष भूमिकामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्