चर्चाबीच रिलिज पर्खाइमा अन्यौलमा परेका धिरज


पहिलो चलचित्रबाट नै राम्रो चर्चा कमाउन सफल भएका कलाकर धिरज मगर अभिनित दुई चलचित्र रिलिजको तयारीमा रहेका छन्। बिशेष गरि युवा पुस्तामा धिरजको क्रेज राम्रो रहेको छ। क्युट अनि भिन्न लुक्स, मिलेको शरीर अनि सुन्दर स्माइलले उनले धेरैलाई दिवाना बनाएका छन्। उनै धिरज चलचित्र भन्दा बाहिर काममा खासै देखिदैनन्। खेलेका दुई चलचित्र रिलिज भएकै छैनन्। बेलाबखत दर्शकका लागी सामाजिक संजालमा अपडेट देखिन्छन्। त्यो पनि घुमघामका तस्विर मात्र।

जसिता गुरुङ्गसंग जोडी बाँधेर तयार भएको चलचित्र ‘आई एम ट्वान्टिवान’ सुटिङ्ग सम्पन्न भएको लामो समय भैसक्यो। पुर्व प्रेम जोडीको रुपमा समेत परिचित रहेको यो जोडीको चलचित्र दर्शकका लागी प्रतिक्षारत रहेको छ। निकै अपेक्षा गरिएको चलचित्र रिलिज कहिले हुने हो अहिलेसम्म टुंगो लाग्न सकेको छैन। रेनेशा वान्तवा राईको निर्देशनमा तयार भएको चलचित्र कस्तो बन्ने हो त्यो भने हेर्न बाँकि छ। तर धिरजका लागी चलचित्र रिलिज हुनभने आवश्यक रहेको छ।

यो चलचित्रपछी धिरजले अदिति बुढाथोकीसंग जोडी बाँधेर निर्माण भएको चलचित्र ‘बाबरी’ पनि रिलिज तयारीमा रहेको छ। चलचित्र भाद्र ३१ गतेबाट रिलिज हुने तयारीमा रहेको छ। केहि समय अगाडी पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले रिलिज घोषणा गरेको थियो। सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्र पनि दर्शकको लागी प्रतिक्षित रहनेछ ।

दुई चलचित्रको रिलिज पर्खाइमा रहेका धिरज नेपाली चलचित्र क्षेत्रको भविष्यको रुपमा हेरिदै आएको छ। कम चलचित्रमा काम गर्न रुचाउने धिरजको अवको चलचित्र यात्रा कस्तो बन्ने हो त्यो भने हेर्न बाँकि रहेको छ।

तस्विर: गुगलबाट

प्रतिक्रिया दिनुहोस्