असोजमा धिरज र उपासनाको ‘खुस्मा’ रिलिज तय


मगर समुदायको परिवेशमा जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमको कथामा निर्माण भैरहेको चलचित्र ‘खुस्मा’ को प्रदर्शन मिति तय भएको छ । धिरज मगर र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्र असोज ३ गतेबाट रिलिज हुनेछ। पूर्वी रुकुमको मैकोटबाट दोश्रो चरणको सुटिङ्ग सुरुवात गर्दै निर्माण टिमले रिलिज मिति तय गरेको हो।

एम मिडिया प्रा.लिको ब्यानरमा निर्माण भैरहेको चलचित्रलाई अशोक थापा मगरले निर्देशन गर्दैछन्। वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेतान मगरको लगानी रहेको चलचित्र मोहन राई कार्यकारी निर्माताको रुपमा रहेका छन्। माओत्से गुरुङ, खड्गबहादुर पुन, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई लगायतको अभिनय चलचित्रमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्