‘फर्की फर्की’ ट्रेलर र गीतलाई दर्शकको साथ, कस्तो रहला बक्स अफिसमा व्यापार?


अनमोल केसीले आफ्नो चलचित्र यात्राको नयाँ सुरुवात बताएको चलचित्र ‘फर्की फर्की’ का प्रचार सामाग्रीले दर्शकको राम्रो साथ पाईरहेको छ। टाइम ट्राभल स्टोरीमा निर्माण भएको चलचित्रमा फर्किएको अनमोलको लभव्याई चकलेटी लुक्सले दर्शकको मन जितेको छ । विचमा केहि फरक शैलीका चलचित्र कोसिस गरेर दर्शकको मन दुखाएका अनमोल पुन लभ स्टोरी चलचित्रमा फर्किएका छन्।

जेठ १० गतेबाट रिलिज हुने चलचित्रको ट्रेलर र गीतले युट्युवमा दर्शकको साथ राम्रो पाई रहेको छ । यसले पनि चलचित्रले हलमा दर्शकको साथ पाउनेमा निर्माण टिम ढुक्क रहेको छ । पहिलोपटक जसिता गुरुङ्गसंग जोडी बाँधेका अनमोल र जसिताको जोडी दर्शकले रुचाएका छन् । सुयोग गुरुङ्गको कथा र निर्देशन रहेको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका छन् । रोहित अहिलेसम्म हिट चलचित्र मेकरको रुपमा परिचित रहेका छन्।

प्रतिक्रिया दिनुहोस्