चर्चामा ‘कमेडी च्याम्पियन’, पुर्व राजा देखि बालेनको प्रस्तुती रुचाईयो


नेपालको पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियनको सिजन ३ यतिबेला चलिरहेको छ। दुई सिजन सफलताको साथ सम्पन्न गरेको यो शोको सिजन ३ पनि चर्चामा रहेको छ। बिशेष गरि पछिल्लो समय प्रेम विश्वकर्माले पुर्व राजा बनेर गरेको प्रस्तुती र सन्देश सुवेदीले गरेको बालेन शाहको प्रस्तुतीले यतिबेला चर्चा पाइरहेको छ। टप १६ बाट बहिरिएका प्रतिस्पर्धी प्रेम बिश्वकर्मा पुर्व राजा बनेर पछिल्लो एपिसोडमा देखिएका थिए।

धादिङ्गका प्रेम डिजिटल अडिसन मार्फत उत्कृष्ठ ३० मा छानिएका थिए । मोटू पत्लू क्यारीकेचर गरेर अडिसन दिएका प्रेम सुपर १६ मा बाहिरिएका थिए । यसअघी पनि उनले पुर्व राजा ज्ञानेन्द्रकै लवजमा छोटो प्रस्तुति दिएका थिए भने यसपटक उनी ज्ञानेन्द्रकै भेषमा समेत देखिएका छन् । ज्ञानेन्द्रकै भेष अनि बोल्ने शैलीकै कारण पनि उनको यो प्रस्तुति बिशेष बनेको छ । उनी ‘पर्फमर अफ द राउण्ड’ हुन सफल भई अघिल्लो राउण्डको लागि आफ्नो स्थान समेत सुरक्षित गरेका छन् । यही प्रक्रृया बाट दुई साता अघि महाविर पुनको पात्र गर्दै कर्म सिंह लामा पनी ‘पर्फमर अफ द राउण्ड’ बन्दै Top 8 मा प्रवेस गरेका थिए । कर्म उत्कृष्ट प्रस्तुति दिँदै उत्कृष्ट ९ मा प्रवेश गर्दै गर्दा अच्युत काफ्ले र निश्चल अर्याल बाहिरिएका थिए । यो साता च्यालेन्जर प्रेम उत्कृष्ट ६ मा प्रवेश गरेसँगै उत्कृष्ट ७ बाट भोटिङ रिजल्ट आउँदा दुई जना कमेडियन बाहिरिनेछन् ।

कमेडी च्याम्पियनमा हरेक साता अघिल्ला टप १६ राउण्डमा बाहिरिएका दुई प्रतियोगीले च्यालेन्जरको रुपमा प्रतिस्पर्धा गरिरहेका छन् , जुन शिलशिला आगामी हप्ता सम्म रहने छ । अहिले कमेडी च्याम्पियनमा टप ७ कमेडियनले आफ्नो प्रस्तुति दिदै फिनालेको दौडमा छन्। वाइल्ड कार्डबाट समेत प्रतिस्पर्धी फर्कन सक्ने नियम राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्