जसितासंग अनमोलको ‘अन्तिम माया’


नरेन लिम्बूको सुपरहिट गीत ‘अन्तिम माया’ ले दर्शकको अथाह प्रेम बटुलेको थियो। आफ्नै शब्द र संगीतमा नरेनले तयार पारेको यो गीतलाई रिक्रियट गरिएको छ । जेठ १० गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘फर्की फर्की’ मा दर्शकले यो गीत सुन्न पाउने भएका छन्। च

लचित्रको भाव समेट्दै यो गीत आज सार्वजनिक भएको छ। अडियोमा दर्शकले रुचाएको यो गीतलाई अब भिडियोमा हेर्न पाउनेछन्। भिडियोमा अनमोल केसी र जसिता गुरुङ्गको प्रेम र बिछोडको कथा प्रस्तुत गरिएको छ। सुयोग गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्रका प्रचार समाग्रीले दर्शकको राम्रो साथ पाईरहेका छन्।

रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा तयार भएको चलचित्रमा रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय रहेको छ भने सलोन बस्नेतको विशेष भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्