‘३० बर्ष काटेका अभिनेत्रीलाई पर्दामा दर्शकले हेर्दैनन् भन्ने भ्रम बोक्सीको घरले तोड्यो’ – स्वस्तिमा खड्का


हलमा सफलताका साथ प्रदर्शन भैरहेको चलचित्र ‘बोक्सीको घर’ ले सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। विदेशमा समेत उच्च डिमाण्डका साथ रिलिज हुन् लागेको चलचित्रलाई लिएर अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो विचार व्यक्त गरेकी छिन्। प्रिमियरमा नै उत्कृष्ट प्रतिक्रिया दिएकी स्वस्तिमाले आफ्नो सामजिक संजालमा नयाँ विचार सार्वजनिक गरेकी छिन्। उनले फेसबुकमा चार बुँदामा चलचित्रलाई लिएर आफ्नो दृष्टिकोण सार्वजनिक गरेकी छिन्। स्वस्तिमाले चलचित्रले नेपाली चलचित्र क्षेत्र र समाजमा रहेको रुढीवादी चिन्तनलाई हटाएको बताएकी छिन्।

उनी लेख्छिन्:
‘बोक्सीको घर’ अहिले दर्शकप्रेमले भरिएको छ । हरेक उमेर समूहलाई यसले फरक-फरक आँखिझ्याल दिएको छ । सदियौंदेखि सुन्दै आएको सामाजिक कुरीतिको कथा भएकाले ‘बोक्सीको घर’ सबैको फिल्म भएको छ ।
मलाई भने यो फिल्मले बेग्लै दृष्टि दिएको छ । खासगरी नेपाली फिल्म क्षेत्रमा ‘बोक्सी’ प्रथाजस्तै केही रुढीवादी चिन्तन व्याप्त छन्, जस्तोः

  • ३० वर्ष उमेर पार भएकी अभिनेत्रीलाई दर्शकले पर्दामा हेर्न चाहँदैनन् |
  • महिलाप्रधान चलचित्रहरू व्यावसायिक रूपमा सफल हुँदै हुँदैनन् ।
  • अभिनेत्रीहरूलाई पुरुष कलाकारको साथ चाहिन्छ चाहिन्छ ।
  • विवाहित अभिनेत्रीहरू चलचित्रमा रुचाइँदैनन् ।
    ‘बोक्सीको घर’ले यी सबै रुढीवादी चिन्तनको जरामा आगो लगाइदिएको छ । अभिनेत्रीलाई लिएर चलचित्र क्षेत्रमा व्याप्त कयौं गलत भाष्यलाई गलत सावित गरिदिएको छ । चलचित्रका गुण/अवगुणलाई एकातिर पन्छाएर म यो ‘छलाङ’लाई उत्सवझैं मनाउन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्