A vertical shot of the black cat in the dark darkness

‘भाइरल गोर्खे’ मा ऋषि धमलाले दिए सौगात मल्लसंग सट


हाल छायांकनकाे क्रममा रहेकाे चलचित्र ‘भाईरल गोर्खे’ मा चर्चित पत्रकार ऋषि धमलाले सट दिएका छन् । निगम श्रेष्ठको निर्देशनमा निर्माण भइरहेकाे चलचित्र को लागि लिखित सम्झौता भएसगैं धमला सुटिङको लागि लमजुङको भुजुङमा पुगेका हुन् ।

कमेडी–ड्रामा ‘भाइरल गोर्खे’ को शीर्षमध्येको एक भूमिकामा धमलाले पत्रकारकै भुमिकामा निर्वाह गरेकाे निर्माण टिमले जानकारी गराएको छ ।

याे चलचित्र सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुने प्रवृत्तिकाे पछिल्लो समय नियालेर बनाइएकाे छ । जसमा भाईरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम चलचित्रमा देख्न पाइने निमार्ण पक्षले बताएको छ । साेही अनुसार धमलालाई यस भूमिकामा लिनुकाे कारण चलचित्रको कथा अनुसार नै उनैलाई लिनु परेको निर्देशक निगम श्रेष्ठले बताएा छन् । चलचित्रमा ऋषि धमलाका अलवा सौगात मल्ल, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ र लक्ष्मी गिरी मुख्य भूमिकामा रहनेछन् ।द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण हुने चलचित्रमा विशाल ताम्राकार र महेश लामिछानेको लगानी रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्