A vertical shot of the black cat in the dark darkness

कस्तो छ दयाहाङ राईको ‘गाउँ आएको बाटो’ को टिजर ?


जेठ २५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘गाउँ आएको बाटो’ को टिजर सार्वजनिक भएको छ । सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरेर चलचित्रको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरले नेपालको पूर्वी पहाडी क्षेत्रको एउटा दुर्गम गाउँमा बस्ने एक बाबुछोराको सम्बन्धमा नवनिर्मित बाटोले ल्याएको उतारचढावको कथा पेश गर्छ ।

दयाहाङ राई र पशुपति राई दम्पतीको भूमिकामा देखिएको चलचित्रमा प्रसन राईले बिन्द्रेको भूमिका निर्वाह गरेका छन् । चलचित्रको छायांकन अमेरिकी छायांकार जोस हेरम, ताइवानका क्वान पुन लुङले सम्पादन र हङकङकी हाइडी लीले संगीत कम्पोज गरेका हुन् ।

नबिन सुब्बाको निर्देशनमा तयार भएको चलचित्र मेन्छ्यायेम पिक्चर्स र बाँसुरी फिल्म्सको प्रस्तुतिमा नेपाल रिलिज हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्